च्याम्पियन्स लिगको ड्र र उत्कृष्ट फुटबलर अवार्डका बिजेता सार्बजनिक (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 11:10:51 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले यस बर्षको अवार्डसको घोषणा गरेको छ  । बिहिबार राती मोनाकोमा भएको समारोहमा यूएफाले यी उपाधि घोषणा गरेको हो ।

 जस अनुसार यस बर्षको उत्कृष्ट फुटबलरको उपाधि  लुका मोड्रीचले जितेका छन्  । उनले रोनाल्डो र मोहम्मद सलाहलाई पछाडी पार्दै यो अवार्ड जितेका हुन् । 

त्यस्तै उत्कृष्ट फरवार्डको उपाधि रोनाल्डोले जितेका छन्  । रोनाल्डोले लिओनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै उपाधि जितेका हुन्  । 

यस बर्षको उत्कृष्ट मिडफिल्डरको उपाधि लुका मोड्रीचले जितेका छन्  । उनले म्यानचेस्टर सिटीका केभिन डे ब्रुयन र रियल म्याड्रिडका टोनी क्रुसलाई पछाडी पार्दै उपाधि जितेका हुन्  ।

 त्यस्तै यस बर्षको उत्कृष्ट डिफेन्डरको उपाधि सर्जियो रामोसले जितेका छन्  । उनले मार्सेलो र राफायल भारानेलाई पछि पर्दै उपाधि जितेका हुन्  । यी सबै खेलाडी रियल म्याड्रिडका हुन्  ।

 बर्षको उत्कृष्ट गोलकिपरको उपाधि रियल म्याड्रिडका केलर नभासले जितेका छन्  । उनले उनले युभेन्टसका बुफान (हाल पीएसजी) र रोमाका एलिसन बेकर (हाल लिभरपुल) लाई पछाडी पार्दै उपाधि जितेका हुन्  ।

 आज नै युएफाले आगामी सिजनको च्याम्पियन्स लिगको ड्र सार्बजनिक गरेको छ  ।

यस्तो छ यस बर्षको ड्र  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved