एशिया कपमा नेपालको दोस्रो जित, फाइनल पुग्ने सम्भावना कायमै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 01:50:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४÷१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । 

मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन÷तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।  

जितसंगै नेपालको फाइनल पुग्ने सम्भावना कायमै छ  । तर त्यसको लागि नेपालले हंगकंगलाई ठुलो अन्तरले हराउनुको साथै अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा आउनु पर्ने छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved