एशिया कप छनौट: यसरी पुग्न सक्छ नेपाल फाइनलमा, ४ टिमको सम्भावना कायमै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 03:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४÷१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । 

मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन÷तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।  

जितसंगै नेपालको फाइनल पुग्ने सम्भावना कायमै छ । सबै टोलीले १-१ खेल खेल्न बाँकि छ ।  प्रतियोगितामा सहभागी ६ मध्ये ४ टोलीको फाइनल पुग्ने र एसियाकप खेल्ने सम्भावना कायमै छ ।  मलेशिया र  सिंगापुर प्रतियोगिताबाट बाहिरीसकेका छन् ।  यी दुई मंगलबार पनि एक आपस भिड्ने छन् ।   जुन खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।  

प्रतियोगितामा ओमान, युएई , हंगकंग र नेपालको सम्भावना कायम नै छ ।  हाल ओमान ७ अंक सहित शिर्ष स्थानमा, युएई ६ अंक सहित दोस्रो स्थानमा, हंगकंग ५ अंक सहित तेस्रो स्थानमा र नेपाल ४ अंक सहित चौथो स्थानमा रहेको छ । 

मंगलबार हुने ओमान र युएईबीचको खेल तथा नेपाल र हंगकंगबीच हुने खेलले शिर्ष २ स्थानमा पुग्ने टोलीको टुंगो लाग्ने छ ।   

नेपालको शिर्ष स्थानमा पुग्ने सम्भावना सकिएको भएपनि नेपाल समुह उपविजेता बन्दै फाइनल पुग्न सक्छ । त्यसको लागि मंगलबार हुने खेलमा ओमानले युएईलाई पराजित गर्नु पर्ने हुन्छ  भने नेपालले हंगकंगलाई पराजित गर्नु पर्ने हुन्छ ।  यो भएमा ओमानको ९ अंक तथा नेपाल र युएईको समान ६-६ अंक हुनेछ ।   यस्तो अवस्थामा नेपाल र युएइ मध्ये जसको रनरेट राम्रो छ , त्यहि टोली फाइनलमा पुगेछ ।  हाल नेपालको भन्दा युएईको रनरेट राम्रो छ ।  सोहि कारण नेपालले हंगकंगलाई फराकिलो अन्तरले पराजित गरेमा र ओमानले युएईलाई पनि फराकिलो अन्तरले पराजित गरेमा नेपालको सम्भावना रहन्छ ।  

सो खेल युएई जितेको खण्डमा नेपाल बाहिरिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved