एसियाली खेलकुद : चीन एक्लैले जित्यो २८९ पदक

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 02, 2018 | 06:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

१५ दिन लामो एसियाली खेलकुदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न भएको छ । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा एसियाका सबै ४५ मुलुकबाट ४९ खेलमा १० हजार खेलाडीहरुले भाग लिए । नेपालबाट २९ खेलमा १८७  खेलाडी इण्डोनेसिया पुगेका थिए ।

प्रतियोगीतामा सहभागी भएका ४५ देशमध्ये ३७ देशले पदक जित्दा ८ देश रित्तो हात घर फर्किन बाध्य भए । प्याराग्लाइडिङले रजत जितेपछि नेपाल पनि पदकविहीन हुनबाट जोगियो । 

एसियाली खेलकुदमा चीनले सबैभन्दा धेरै पदक जितेको छ । चीन पछिल्लो ११ संस्करणदेखि पदक तालिकामा शीर्ष स्थानमा रहँदै आएको छ । सन् १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुददेखि चीन एसियाली खेलकुदमा दोस्रो हुनुपरेको छैन ।  

चीनले इण्डोनेसियामा १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जितेको छ । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो । 

दक्षिण कोरिया र इण्डोनेसिया क्रमसः तेस्रो र चौथो भए । कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी १७७ पदक जित्दा आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी ९८ पदक जित्यो ।

२१ स्वर्ण, २४ रजत र २५ कास्य जितेको उज्वेकिस्तान पाँचौं हुँदा २० स्वर्ण २० रजत र २२ कास्य जितेर इरान छैटौं भयो । त्यस्तै १७ स्वर्ण, १९ रजत र ३१ कास्य जितेको चाइनिज ताइपेइ सातौं स्थानमा आयो । 

भारत १५ स्वर्ण, २४ रजत र ३० कास्य जित्दै आठौँ बन्न सफल भयो । समान १५ स्वर्ण जितेको काजाख्स्तान नवौं हुँदा १२ स्वर्ण जितेको उत्तर कोरिया दशौं भयो । 

१२ स्वर्ण जितेको बहराइन एघारौं, ११ स्वर्ण जितेको थाइल्याण्ड बाह्रौं भए । हङकङ, मलेसिया,  कतार र मंगोलियाले क्रमसः ८, ७, ६ र ५ स्वर्ण जिते ।  

भियतनाम सिंगापुर र फिलिपिन्सले ४/४ स्वर्ण जित्दा युएई र कुवेतले ३/३ स्वर्ण जिते । कीर्गिस्तान, जोर्डन र कम्बोडियाले दुई–दुई स्वर्ण जिते । साउदी अरव, मकाउ, कोरिया र लेबनानको नाममा एक–एक स्वर्ण रह्यो । 

एक रजत जित्न सफल नेपाल पदकतालिकाको ३३ औं स्थानमा छ । नेपालसँगै ताजिकिस्तान, लाओस र तुक्र्मिनिस्तान पनि रजतमै सीमित भएका छन् ।   

एसियाली खेलकुदमा सहभागिता भएकामध्ये चार मुलुकले कास्य पदकमात्र जित्न सके । जसमा पाकिस्तान, अफगानिस्तान, म्यानमार र सिरिया छन् ।

शीर्ष १० देशहरु :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved