एसिया कप छनौट: अन्तिम खेलमा पहिले ब्याटिंङ गर्दै नेपाल, फाइनल पुग्न यस्तो नतिजा आवश्यक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 07:59:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एशिया कप छनोटअन्तर्गत आज सबै टोलीले आफ्नो पाचौ तथा अन्तिम खेल खेल्दै छन्  ।   

 मलेशिया र  सिंगापुर प्रतियोगिताबाट बाहिरीसकेका छन् ।  यी दुईको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।  बाँकि ४ टोलीको फाइनल पुग्ने र एसियाकप खेल्ने सम्भावना कायमै छ । 

अहिले भईरहेको ओमान र युएईबीचको खेल तथा नेपाल र हंगकंगबीच हुने खेलले शिर्ष २ स्थानमा पुग्ने टोलीको टुंगो लाग्ने छ ।   

नेपाल कसरी पुग्न सक्छ फाइनल ।   प्रतियोगितामा ओमान, युएई , हंगकंग र नेपालको सम्भावना कायम नै छ ।  हाल ओमान ७ अंक सहित शिर्ष स्थानमा, युएई ६ अंक सहित दोस्रो स्थानमा, हंगकंग ५ अंक सहित तेस्रो स्थानमा र नेपाल ४ अंक सहित चौथो स्थानमा रहेको छ । 

अहिले युएईले ओमान बिरुद्द ब्याटिंग गरिरहेको छ । नेपालको फाइनल पुग्ने सम्भावना कायम नै रहन यस खेलमा ओमानले युएईलाई १५० रन भित्र अल आउट गरी उक्त लक्ष्य २५ ओभर भित्र नै भेट्टाउनु पर्ने हुन्छ । त्यस्तै नेपालले पनि हंगकंग बिरुद्द टस जितेर ब्याटिंग रोजेको छ । नेपालले कम्तिमा २५० रन बनाएर हंगकंगलाई १२५ रन भित्र नै समेट्न सके नेपाल फाइनल पुग्ने छ ।  

अर्थात् नेपाल फाइनल पुग्नलाई ओमान र नेपाल जितेर मात्र पुग्दैन, ठुलो अन्तरले जित्नु पर्छ ।  सोहि कारणको नेपालको फाइनल पुग्ने झिनो गणितीय सम्भावना कायम नै छ । 

  यो भएमा ओमानको ९ अंक तथा नेपाल र युएईको समान ६-६ अंक हुनेछ ।   यस्तो अवस्थामा नेपाल र युएइ मध्ये जसको रनरेट राम्रो छ , त्यहि टोली फाइनलमा पुगेछ ।  हाल नेपालको भन्दा युएईको रनरेट राम्रो छ ।  सोहि कारण नेपालले हंगकंगलाई फराकिलो अन्तरले पराजित गरेमा र ओमानले युएईलाई पनि फराकिलो अन्तरले पराजित गरेमा नेपालको सम्भावना रहन्छ ।  

आज युएई जितेको खण्डमा नेपाल बाहिरिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved