फिफाको उत्कृष्ट खेलाडीको मनोनयन सार्बजनिक, अन्तिम ३ मै परेनन् मेस्सी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 08:16:25 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफाले वर्षको उत्कृष्ट तीन पुरुष खेलाडीको सूचीमा अर्जेन्टिनी स्टार लिओनल मेस्सी पर्न असफल भएका छन् । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अन्तिम ३ को मनोनयनमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोड्रिच परेका छन् । 

पछिल्लो केही वर्षदेखि मेस्सी लगातार फिफाको शिर्ष ३ मा परेका थिए ।

फिफाले रोनाल्डोको उपलब्धिको रुपमा २०१६ मा च्याम्पियन्स् लिगको उपाधि जित्नु, फिफा क्लब विश्वकप जित्नु,  च्याम्पियन्स लिगमा १५ गोल गर्नुलाई समेटेको छ । बिश्वकपमा भने पोर्चुगल अन्तिम १६ बाट नै बाहिरिएको थियो तर रोनाल्डोले ४ गोल गरेका थिए । 

त्यस्तै मोड्रिचले विश्वकपमा देशलार्इ फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए भने रियलले च्याम्पियन्स् लिग र क्लब विश्वकपको उपाधि जित्दा उनको ठुलो योगदान छ । उनले बिश्वकपमा २ पनि गरेका थिए ।

सलाहले लिभरपुललाइ च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए भने प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए ।

यूएफाले केहि दिन अघि सार्बजनिक गरेको यूएफा अवार्डमा पनि यिनै खेलाडी अन्तिम ३ मा परेका थिए । जसमा  मोड्रिचले उपाधि जिते  । फिफाको अवार्डमा पनि रोनाल्डो मोड्रिचबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ  । उपाधिको टुंगो मतदानबाट लाग्ने छ  । जसमा फिफा सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक, खेल पत्रकार र फिफाका फ्यानहरुले मतदान गर्न पाउने छ  । 

उपाधि घोषणा २३ सेप्टेम्बरमा हुनेछ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved