बंगलादेशद्वारा पाकिस्तान पराजित, नेपालका लागि सेमीफाइनलको यात्रा कति कठिन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 09:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशले आफ्नो पहिलो दोस्रो खेलमा पाकिस्तान बिरुद्द जित हात पारेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाई १–० गोलले पराजित गरेको हो। 

जितसंगै बंगलादेश ६ अंकसहित शिर्ष स्थानमा पुगेको छ। नेपाल र पाकिस्तानको समान ३-३ अंक छ। तर गोल अन्तर राम्रो भएको कारण नेपाल दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ। दुवै खेलमा हार बेहोरेको भुटान भने प्रतियोगिताबाट बाहिरिसकेको छ। 

हाल अंक तालिकाको दोस्रो स्थानमा भए पनि नेपालको आगामी यात्रा भने कठिन भएको छ। नेपालले अब शनिवार बंगलादेशसंग खेल्ने छ। सोहि दिन पाकिस्तान र भुटान भिड्ने छन्। तुलनात्मक रुपमा भुटान कम्जोर भएकाले पाकिस्तानले सो खेल जित्ने अनुमान गर्न सकिन्छ। त्यसो भएमा पाकिस्तानको पनि ६ अंक हुनेछ। यस्तो अवस्थामा नेपाललाई सेमिफाइनल पुग्न बंगलादेशमाथि जित मात्र निकालेर पुग्दैन।  आफ्नो गोल अन्तरलाई  पनि मजबुत बनाउनु पर्नेछ। 

शनिवार पाकिस्तान र भुटानबीचको खेल दिउँसो ३:४५ मा हुनेछ भने नेपालको खेल बेलुका ६:४५ मा हुनेछ। सो खेलमा पाकिस्तान पराजित भए नेपालले हारे बेहोरे पनि अर्को चरण पुग्ने छ। नेपालले २ भन्दा बढीको गोल अन्तरले हार्नु हुन्न भने पाकिस्तानले सो खेल जितेमा नेपालले बंगलादेशलाई हराउनै पर्छ । नेपालको खेल बेलुका हुने भएकोले नेपाललाई मैदान उत्रनु अगाडी नै अर्को चरण पुग्न के गर्नु पर्छ भन्ने कुरा भने स्पष्ट भईसकेको हुनेछ, यसले पनि नेपाललाई रणनीति तयार गर्न सघाउनेछ। 

साफ च्याम्पियन्सिपका खेलहरु बिजपाटी डटकममा लाइभ हेर्न सक्नुहुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved