चार टोली सम्मिलित एकदिवसीय शृंखला खेल्ने नेपाली टोलीको घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2018 | 04:37:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले भारतमा चार टोलीबीच हुने एक दिवसीय क्रिकेट सिरिज खेल्ने१५ खेलाडीको नाम छनौट गरेको छ । आइसिसिका प्रतिनिधि अम्मीन्यूल इस्लाम, नेपाली प्रशिक्षक बिनोद कुमार दास, सुनज भट्टराई र राजु खड्काको समितिले आरिफ शेखको कप्तानीमा १५ खेलाडी छनोट गरेको हो । 

छनोटमा परेका खेलाडीहरू :

मोहम्मद आरिफ शेख (कप्तान)

तिर्थराज दास

रवि साह

विपिन रावल

लोकेश बम

रित गौतम

पवन सरार्फ

किशोर महतो

रासिद खान

भीम सार्की

कमल सिंह ऐरी

सुन्दिप जोरा

सागर ढकाल

अरूण ऐरी

मोहम्मद सांसद आलम

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत ए र बी तथा अफगानिस्तानका यू–१९ टोलीले लखनउमा खेल्ने छन् । गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई बोलाएको छ । 

सिरिजलाई यू–१९ एसिया कपको तयारीको रुपमा समेत लिइएको छ । बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ । जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन् । 

शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्नेछन् । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ । 

चार टोली सम्मिलित एकदिवसीय शृंखला 

सेप्टेम्बर १२ : भारत यू–१९ ‘ए’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ

सेप्टेम्बर १२ : भारत यु–१९ ‘बि’ विरुद्ध नेपाल यू–१९, लखनउ

सेप्टेम्बर १४ : भारत यू–१९ ‘ए’ विरुद्ध नेपाल यू–१९, लखनउ

सेप्टेम्बर १४ : भारत यू–१९ ‘बी’ विरुद्ध अफगानिस्तान यू–१९, लखनउ

सेप्टेम्बर १६ : भारत यू–१९ ‘ए’ विरुद्ध एनसीए यू–१९, लखनउ

सेप्टेम्बर १६ : अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, लखनउ

सेप्टेम्बर १८ : टिम १ विरुद्ध टिम २–लखनउ

सेप्टेम्बर १८ : टिम ३ विरुद्ध टिम–लखनउ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved