पाकिस्तानले भुटानलाई हरायो, सेमिफाइनल पुग्न नेपाललाई जित अनिवार्य (समीकरण सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 06:31:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानले आफ्नो पहिलो तेस्रो खेलमा भुटान बिरुद्द जित हात पारेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले भुटानलाई ३–० गोलले पराजित गरेको छ।  

जितसंगै पाकिस्तान ६ अंकसहित शिर्ष स्थानमा पुगेको छ। यता दुई खेल खेलेको बंगलादेश ६ अंक सहित दोस्रो स्थानमा छ भने नेपाल ३ अंक सहित तेस्रो स्थानमा छ।   

तीन खेल खेलेको पाकिस्तान र दुई-दुई खेल खेलेका नेपाल र बंगलादेशको गोल अन्तर समान छ। त्यसैले सेमिफाइनलमा पुग्नका लागि नेपालले बंगलादेशलाई कम्तिमा पनि १ गोल अन्तरले जित निकाल्नु पर्ने हुन्छ। बंगलादेशसंग हार बेहोरेको अवस्थामा नेपालको सेमिफाइनल पुग्ने सम्भावना यहि समाप्त हुनेछ। 

बंगलादेशबिरुद्दको खेल नेपालले जित्यो भने पाकिस्तानलाई समेत अप्ठ्यारो पर्ने देखिन्छ। ३ खेलमा २ जित र एक हार बेहोरेको पाकिस्तान ६ अंक सहित शिर्ष स्थानमा रहेपनि बंगलादेश र नेपालबीचको खेलमा गोल अन्तर बढी भयो र नेपालले जित्यो भने नेपाल र बंगलादेश सेमिफाइनल पुग्न सक्छन तर यो सम्भावना अत्यन्त न्यून छ। आजको खेलमा नेपालले जित निकाल्नै पर्ने हुन्छ।   नेपाल र बंगलादेशबीचको खेल बेलुका ६:४५ मा हुनेछ। साफ च्याम्पियन्सिपका खेलहरु बिजपाटी डटकममा लाइभ हेर्न सक्नुहुनेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved