सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी को ? यस्तो छ समीकरण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 02:11:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स भिड्दै छन् ।  समुह बि को समुहचरणको अन्तिम खेलमा यी दुई टोली भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ  ।

 समुह बि  मा भारत र माल्दिभ्स संगै श्रीलंका छन् । भारत एक खेल अगाडी नै सेमिफाइनल पुगिसकेको छ । आज हुने खेलले समुह बि बाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउने छ ।  समुह ए बाट नेपाल र पाकिस्तान सेमिफाइनलमा पुगेकोले यी दुई टोलीको प्रतिद्वन्द्वी पनि आज नै टुंगो लाग्ने छन् । 

नेपाल समुह ए को बिजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । 

समुह बिमा हाल भारत ३ अंक सहित शिर्ष स्थानमा छ । माल्दिभ्स र श्रीलंकाको समान १-१ अंक छ । यदि आज माल्दिभ्सले भारतलाई पराजित गरे माल्दिभ्स र भारत दुवै सेमिफाइनलमा पुग्ने छन्  । माल्दिभ्सले भारतलाई २ गोलको अन्तरले पराजित गरेमात्र माल्दिभ्स समुह बिजेता हुनेछ  । यस्तो अवस्थामा नेपाल र भारतले सेमिफाइनलमा खेल्ने छन्  । तर माल्दिभ्सले त्यस भन्दा कम गोल अन्तरले भारतललाई पराजित गरे माल्दिभ्स र नेपाल भिड्ने छन्  ।

  तर भारतले माल्दिभ्सलाई १ गोल अन्तरले पराजित गरे भारत र माल्दिभ्स छनौट हुने छन् र नेपाल र माल्दिभ्स भिड्ने छन् ।  यदि भारतले २-० गोल अन्तरले जिते यस अघिको खेलमा श्रीलंका र माल्दिभ्सले पाएको कार्डको आधारमा यी २ बीच एक टोली छनौट हुनेछन्। जसमा माल्दिभ्सले बाजी मार्ने छ  । २-१ वा सो भन्दा बढी गोल अन्तरले भारतले माल्दिभ्सलाई पराजित गरे श्रीलंका सेमिफाइनलमा पुग्ने छ  । र नेपालको भेट श्रीलंकासंग हुनेछ  ।

 नेपालले फाइनल प्रवेशको लागि समुह बि को उपविजेतासंग खेल्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved