सन्दिपको अर्को छलाङ: अफगानिस्तान प्रिमियर लिगको लागि छनौट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 08:38:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा आवद्द भएका छन्  । 

सन्दिपलाई नंगरहार टिमले १५ हजार डलरमा खरिद गरेको हो  । सन्दिपको टोली एन्ड्रयु अर्सेल, मुसिब उर रहमान, तामिम इकवाल लगायत खेलाडी रहेका छन्  । सन्दिपले यस अघि इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगबाट खेलिसकेका छन्  ।

नेपालका कप्तान पारस खड्का र फास्ट बलर सोमपाल कामी पनि ड्राफ्टमा रहेपनि छनौट हुन् सकेनन  । 

प्रतियोगितामा ५ टोली मात्र रहेकोले हरेक टोलीमा एसोसिएट देशबाट एक जना मात्र खेलाडी राख्न पाउने नियम थियो  । 

प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved