क्यारेबियन प्रिमियर लिगको भन्दा ३ गुणा बढी मूल्यमा सन्दिप अफगानिस्तानको लिगमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 08:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा आवद्द भएका छन्  । केहि समय अगाडी मात्र क्यारेबियन प्रिमियर लिग खेलेर फर्केका सन्दिपलाई नंगरहार टिमले १५ हजार डलरमा । यो सन्दिपको लागि क्यारेबियन प्रिमियर लिगको सेन्ट किट्स एण्ड नोभासले दिएको भन्दा ३ गुणा बढी रकम हो  ।  सन्दिपलाई  सेन्ट किट्सले ५ हजार डलरमा खरिद गरेको थियो   ।

आईपीएलमा भने सन्दिप २० लाख भारुमा अनुबन्धित भएका थिए  ।

सन्दिपको टोली एन्ड्रयु अर्सेल, मुसिब उर रहमान, तामिम इकवाल लगायत खेलाडी रहेका छन्  ।

नेपालका कप्तान पारस खड्का र फास्ट बलर सोमपाल कामी पनि ड्राफ्टमा रहेपनि छनौट हुन् सकेनन  । प्रतियोगितामा ५ टोली मात्र रहेकोले हरेक टोलीमा एसोसिएट देशबाट एक जना मात्र खेलाडी राख्न पाउने नियम थियो  । 

प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved