माल्दिभ्ससँग सधै हारेको नेपाललाई बदला लिदै इतिहास रच्ने अवसर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 11:32:12 AM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले आज दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । 

अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल हुनेछ । पाँचौ पटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ । यसअघि सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । 

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ । नेपालको भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो । 

नेपालले साफ च्याम्पियनसीपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन । साफ च्याम्पियनसीपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ । 

साफ च्याम्पियसीपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ


नेपालले ढाकामा मात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एक जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ । माल्दिभ्सविरुद्ध नेपालका पूर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा तीन गोल छ । 

नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बङ्गबन्धु गोल्डकप हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो । 

बुधबारै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सातपटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसीपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् । 

दुवै खेलको लाइभ बिजपाटी डटकमको फेसबुक पेजमा हेर्न सकिने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved