विश्वकप विजेता फ्रान्सका कप्तान लोरिसद्वारा जेल सजाय अस्वीकार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 12:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् । लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन्  । 

“गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो” वकिल डेभिड सोनले भने  । “सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ” ती वकिलले थपे, “उनले आज अदालतमा क्षमा याचना गरेका हुन्  ।

 डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गर्नुभएको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ । लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गरेका छन् । 

‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो’ म स्वीकार गर्दछु ’ उनले भनेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved