दाहालको निर्णयले प्रधानमन्त्री आक्रोश, धुर्मुस फाउन्डेसनले रंगशाला बनाउन जग्गा नपाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 09:15:48 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय रंगशाला बनाउन जग्गा दिने प्रस्ताब अस्वीकृत भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कृषि बन बिज्ञान विश्व बिद्यालय सभाको बैठकले रंगशाला बनाउन दिने नसकिने निर्णय गरेको हो।

फाउन्डेसनलाई २० बिगा जग्गा दिने प्रस्ताव गरीएकोमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्ताब ठाडै अस्वीकार गरेका हुन।    

विश्वविद्यालयको नाममै नभएको जग्गा फाउण्डेशनलाई दिने प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री ओली भरतपूर महानगरी मेयर रेणु दाहाल र विश्विद्यालयका उपकुलपति डा. आइ.पी. ढकालसँग आक्रोशित भएका छन् । ‘विश्वविद्यालयको नाममा जग्गा नै छैन, यस्तो कच्चा प्रस्ताव लिएर आउने ? यो हुँदैन’ बैठकमा सहभागी एक सदस्यले प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै बिजपाटीलाई बताए।

बैठकमा निकै आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तली फाउण्डेशनलाई जग्गा दिनुहुँदैन भन्ने प्राध्यापकहरुलाई हटाउने विश्वविद्यालयको प्रस्ताव पनि अस्वीकृत गरेका छन् । काम गरिरहेका प्राध्यापकलाई हटाउन लगाएर आफूलाई आलोचित गर्न खोजिएको भन्दै ओलीले विश्वविद्यालयले लगेका सबै प्रस्ताव अस्वीकृत गरिदिएका छन् ।  

प्रधानमन्त्रीले विश्वविद्यालय स्वायत्त संस्था भन्ने तर मनपरी निर्णय गर्दै हिडेको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले सचिवको नेतृत्वमा ९ वटै विश्वविद्यालयको अनुगमन गर्ने गरी डेक्स समेत बनाईसकेको बताए । तर कुन मन्त्रालयका सचिवमो नेतृत्वमा डेक्स बनेको छ भन्ने विषयमा भने उनले केही खुलाएनन् । 

नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्री तथा भरतपुर महानगरी रेणु दाहालले हिजो (भदौ २८ गते) मात्रै धुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन २० बिगा जग्गा उपलब्ध गराउने औपचारिक घोषणा गरेकि थिइन। 

महानगरको बोर्ड बैठकले रामपुरमा रहेको २० विघा जमिन रंगशाला निर्माणमा प्रयोग गर्ने र यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सट्टाभर्ना गरी १५ विघा जमिन अन्य क्षेत्रमा दिने निर्णय गरेको थियो।

तर कृषि बन बिज्ञान विश्व बिद्यालयका प्राध्यापकहरुले अनुसन्धानका लागि छुट्याइएको जग्गा क्रिकेट मैदान बनाउन लागिएकोमा आपत्ति जनाउदै आएका थिए । प्राध्यापकहरुले भैसी अनुसन्धानको लागि छुट्याईएको बैज्ञानिक अनुसन्धानको जग्गा खेलकुदको लागि दिनु प्राज्ञिक मर्म बिपरित भएको भन्दै बिरोध गरेका गरेका थिए।

विश्वविद्यालयका पदाधिकारीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई रिझाएर आफू राजदुत हुने खेलमा लागेकाले त्यहाँका पदाधिकारीले मर्म बिपरित फाउन्डेसनलाई २० बिगा जग्गा दिन लागेको आरोप लगाएका थिए ।  

प्रधानमन्त्री ओलीको नेतृत्त्वमा बसेको बैठकको निर्णयसंगै विश्वबिद्यालयको नाममा रहेको जग्गामा क्रिकेट मैदान बनाएर प्रचण्डलाई रिझाउने प्रयास असफल भएकोमा विश्वबिद्यालयका प्राध्यापकहरुले खुसि व्यक्त गरेका छन। 'प्रचण्डलाई रिझाएर राजदुत बन्ने सपना देखेकाहरुको योजना बिफल भएको छ' एक प्राध्यापकले बिजपाटीलाई भने। 

भदौ २९ गते प्रधानमन्त्री निवासमा बैठक बस्नु १ दिन अगाडी बिजपाटीले "प्रचण्डलाई रिझाउन बिश्वबिद्यालयको जग्गा धुर्मुस सुन्तली फाउन्डेसनलाई" शिर्षकमा लेखेको समाचार।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved