साफ च्याम्पियनसिप फाइनल आज, भारत भर्सेस माल्दिभ्सको खेल बिजपाटीमा प्रत्यक्ष प्रशारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 10:37:10 AM मा प्रकाशित

laxmi  sunrise bank

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन भारत र माल्दिभ्स आमने सामने हुँदैछन।  बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार साँझ नेपाली समयअनुसार पौने ७ बजेदेखि फाइनल खेल सुरु हुनेछ। 

सातपटकको साफ बिजेता भारतले चीरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ३–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो भने माल्दिभ्सले नेपाललाई ३-० ले पराजित गर्दै भारतसंगको भेट तय गरेको हो। 

यी दुवै टिम समुह चरणको खेलमा आमने सामने भईसकेका छन। समूह बी अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो। भारत साफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि भएकाले उसलाई उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ ।  नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुने खेल बिजपाटी डटकममा प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved