नेपाल छनौट हुन नसकेको एसिया कप क्रिकेट आजदेखि, बंगलादेश र श्रील‌ंकाबीच पहिलो प्रतिस्पर्धा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 03:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि यूएईमा सुरु हुँदैछ। प्रतियोगितामा एसियाका पाँच टेष्ट मान्यता प्राप्त र छनौट चरणबाट सहभागी भएको हङकङ गरि ६ टोलिको सहभागिता रहनेछ। 

प्रतियोगिताको उद्घाटन खेल समूह बी मा रहेका श्रीलंका र बंगलादेशबीच नेपाली समयअनुसार साँझ सवा पाँच बजे सुरु हुनेछ। एसिया कपको समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।   

दुवै समूहका विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन् । चार टोलीबीच लिग खेल अन्तर्गत सबैले सबैसँग खेल्नेछन् । यो समूहको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

छनोट प्रतियोगिताको फाइनलमा युएईलाई डिएल मेथडमा २ विकेटले पराजित गर्दै हङकङ एसिया कपमा छनोट भएको हो। यस प्रतियोगितामा नेपाल छनोट चरणमा असफल भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved