भारत-पाकिस्तानको 'हाई भोल्टेज' खेल आज, यस्तो छ बिगत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 01:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईमा जारी एसिया कप अन्तर्गत आज भारत र पाकिस्तानबीचको हुप्रतिक्षित र रोमान्चक खेल हुदै छ । यस खेललाई लिएर सदा झैँ बिश्व भर उत्साह छ । 

समुह एमा रहेका यी दुई टोलीबीच आज खेल हुन् लागेको हो  ।  खेल नेपाली समय अनुसार बेलुका ५:१५ बजे सुरु हुनेछ । दुबई टोलीले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्  । आजको खेलले समुह बिजेताको टुंगो लगाउने छ  । दुवै टोलीले आफ्नो पहिलो खेलमा हंगकंगलाई पराजित गरेको हो  । पाकिस्तानले हंगकंगलाई फराकिलो अनात्रले पराजित गरेको हो भने भारतले हंगकंग बिरुद्द संघर्षपूर्ण जित निकालेको हो  ।

एक दिवशिय खेलमा भारतले भन्दा पाकिस्तानले बढी खेल जितेको छ  । हाल सम्म खेलिएका एक दिवशीय खेल मध्ये भारतले ५२ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ  । तर एसिया कपमा भारतले ६ पटक जितेकोमा पाकिस्तानले ४ पटक जितेको छ  । हालसम्म भएका बिश्वकपका खेलमा भने आजसम्म पाकिस्तानले भारतलाई जित्न सकेको छैन  । भारतले बिश्वकपमा खेलिएका सबै ६ खेल नै आफ्नो पक्षमा परेको छ  । च्याम्पियन्स ट्रफीमा भारत २ पटक र पाकिस्तान ३ पटक बिजयी भएका छन्  । 

भारत एसिया कपको सर्बाधिक सफल टिम हो  । भारतले ५ पटक प्रतियोगिता जितेको छ भने पाकिस्तानले २ पटक जितेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved