डेब्यु खेल मै रोनाल्डोले पाए रेड कार्ड (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 08:19:09 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिगको बुधबारको खेलमा युभेन्ट्सका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन्  ।  लिगको समूह ए अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलमा रोनाल्डो ले खेलको २९ औं मिनेटमा रातो कार्ड खाएका हुन् । यस संगै रोनाल्डोले १ खेल गुमाउने छन् ।

खेल गोल रहित बराबरीको रहेको अवस्थामा रोनाल्डो रातो कार्ड खादै बाहिरिएका थिए । रियल म्याड्रिडबाट यसै सिजन युभेन्ट्स गएका रोनाल्डोले डेब्यु खेल मै रातो कार्ड पाएका हुन्  । यो उनको च्याम्पियन्स लिग कै पहिलो रातो कार्ड हो  । रातो कार्ड खाएपछि रोनाल्डो रुदै बाहिरिएका थिए ।

रोनाल्डो बाहिरिएपछि १० खेलाडीमा सिमित भएको युभेन्ट्सले २-० को जित निकाल्न सफल भएको छ  ।  युभेन्ट्सलाई जित दिलाउने क्रममा दुबै गोल मिरालिम पजनिकले गरे । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनिकले युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा पजनिकले पेनाल्टी मै व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २– ० को जित दिलाए । 

हेर्नुस भिडियो । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved