फिफाको इतिहाँसमा पहिलोपटक २ राष्ट्र शीर्ष स्थानमा रहँदा नेपालको अवस्था के छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 03:52:20 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्वर महिनाको लागि जारी गरेको नयाँ वरियता क्रममा बेल्जियम र फ्रान्स दुवै राष्ट्र पहिलो स्थानमा छन् ।  

दुवै देशको कूल अंक समान १७२९ रहेको छ । अघिल्लो महिना बेल्जियम दोस्रो स्थानमा थियो । वरियताको इतिहासमा दुई देशले पहिलो स्थान ओगटेको यो पहिलो पटक भएको फिफाले जनाएको छ । शीर्ष दशमा भने यसअघिको वरियतामा कुनै परिवर्तन भएको छैन । 

दक्षिण एसियामा भारत सबैभन्दा अगाडी रहँदा नेपालले भने एक स्थान सुधार गरेको छ । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाल नयाँ वरियतामा १६० औँ स्थानमा छ । नेपाल र बेलिको समान १००४ अंक छ र दुवै संयुक्त रुपमा १६० औँ स्थानमा छन् । 

यस्तै एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा अगाडी ९७ औँ स्थानमा छ । साफ च्याम्पियन्सिप जितेको माल्दिभ्स पनि एक स्थान तल झर्दै १५१ औँ स्थानमा छ । 

यस्तै भुटान १८८औँ, बंगलादेश १९३औँ, श्रीलंका १९८औँ र पाकिस्तान १९९ औँ स्थानमा छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved