५ दिनमै दोस्रो पटक भिड्दै भारत र पाकिस्तान, यस्तो छ हेड टु हेड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 03:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईमा जारी एसिया कप अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित र रोमान्चक खेल हुदै छ । यस खेललाई लिएर सदा झैँ बिश्व भर उत्साह छ । 

यस अघि समुह चरणमा भिडेका यी २ टोली यस पटक सुपर फोरमा भिड्ने लागेका हुन् । समुह्चरणमा भारत ७ विकेटले बिजयी भएको थियो । आजको खेल नेपाली समय अनुसार बेलुका ५:१५ बजे सुरु हुनेछ । भारत र पाकिस्तान संगै अफगानिस्तान र बंगलादेश सुपर सिक्समा पुगेका छन् ।

एक दिवशिय खेलमा भारतले भन्दा पाकिस्तानले बढी खेल जितेको छ  । हाल सम्म खेलिएका एक दिवशीय खेल मध्ये भारतले ५३ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ  । तर एसिया कपमा भारतले ७ पटक जितेकोमा पाकिस्तानले ४ पटक जितेको छ  । हालसम्म भएका बिश्वकपका खेलमा भने आजसम्म पाकिस्तानले भारतलाई जित्न सकेको छैन  । भारतले बिश्वकपमा खेलिएका सबै ६ खेल नै आफ्नो पक्षमा परेको छ  । च्याम्पियन्स ट्रफीमा भारत २ पटक र पाकिस्तान ३ पटक बिजयी भएका छन्  । 

भारत एसिया कपको सर्बाधिक सफल टिम हो  । भारतले ५ पटक प्रतियोगिता जितेको छ भने पाकिस्तानले २ पटक जितेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved