फिफा बेस्ट प्लेयर अवार्ड घोषणा आज, कसको सम्भावना बलियो ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 10:54:32 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफाले प्रदान गर्ने बेष्ट प्लेयर अफ द इयर अर्थात् वर्षको उत्कृष्ट पुरुष खेलाडीको घोषणा आज हुदैछ ।  बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अन्तिम ३ को मनोनयनमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोड्रिच परेका छन् । सूचीमा अर्जेन्टिनी स्टार लिओनल मेस्सी पर्न असफल भएका थिए  । २००६ पछि पहिलो पटक मेसी अन्तिम ३ मा नपरेका हुन्। 

 बिजेताको घोषणा मतदानबाट हुने छ । जसमा २५ प्रतिशत राष्ट्रिय टोलीको प्रशिक्षकबाट, २५ प्रतिशत राष्ट्रिय टोलीको कप्तानबाट, २५ प्रतिशत सेलेक्टिभ मिडियाका प्रतिनिधिबाट र २५ प्रतिशत अनलाइन भोटिङको आधारमा हुनेछ ।

रोनाल्डोको उपलब्धिको रुपमा फिफाले च्याम्पियन्स् लिगको उपाधि जित्नु, फिफा क्लब विश्वकप जित्नु,  च्याम्पियन्स लिगमा १५ गोल गर्नुलाई समेटेको छ । बिश्वकपमा भने पोर्चुगल अन्तिम १६ बाट नै बाहिरिएको थियो तर रोनाल्डोले ४ गोल गरेका थिए । 

त्यस्तै मोड्रिचले विश्वकपमा देशलार्इ फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए भने रियलले च्याम्पियन्स् लिग र क्लब विश्वकपको उपाधि जित्दा उनको ठुलो योगदान छ । उनले बिश्वकपमा २ गोल पनि गरेका थिए ।

सलाहले लिभरपुललाइ च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए भने प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए ।

यूएफाले केहि दिन अघि सार्बजनिक गरेको यूएफा अवार्डमा पनि यिनै खेलाडी अन्तिम ३ मा परेका थिए । जसमा  मोड्रिचले उपाधि जितेका थिए ।

आज नै फिफा वर्ष महिला खेलाडी, फिफा वर्ष पुरुष प्रशिक्षक र फिफा वर्ष महिला प्रशिक्षक उपाधि बिजेताको पनि घोषणा हुनेछ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved