रोनाल्डो र मेसीको सम्राज्य तोडियो, क्रोएसियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 09:36:45 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रोएसियाका फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी घोषित भएका छन् । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उपाधि उचाल्न सफल भएका हुन् । 

मोड्रिचले फिफा वर्ष खेलाडीको उपाधि जितेसँगै रोनाल्डो र लियोनेल मेसीको साम्राज्य तोडिएको छ । 

मोड्रिचको कप्तानीमा क्रोएसियाले रसियामासम्पन्न विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा फ्रान्ससँग पराजित भएको थियो । मोड्रिचले रसिया विश्वकपका सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पनि जितेका थिए । 

मोड्रिच स्पेनिस क्लब रियल मड्रिडका खेलाडी खेल्दै आएका हुन् । मोड्रिचकै पालामा रियलले यो वर्षसहित लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved