६९६ दिनपछि पुन: भारतीय टिमको कप्तान बने धोनी, कप्तानको रुपमा २ सयौ खेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 05:44:05 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेट टिममा सदस्य महेन्द्र सिंह धोनीले ६९६ दिनपछि पुन: भारतीय टिमको नेतृत्व सम्हालेका छन् । कप्तानीबाट यस अघि नै राजिनामा दिएका तर एक दिवसीय टिमका नियमित सदस्य रहेका धोनीले एसिया कपको सुपर फोरको खेलमा अफगानिस्तान बिरुद्दको खेलमा कप्तानी सम्हालेका हुन् । 

एसिया कपको लागि भारतले नियमित कप्तान बिरात कोहलीलाई आराम दिदै रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको थियो ।  तर भारत यस अघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेकोले रोहित शर्मा र शिखर धवनलाई आराम दिदै धोनीलाई कप्तानी सुम्पेको हो । आजको खेलमा भारतले दुवै ओपनर सहित ३ मुख्य बलरलाई समेत आराम दिई बेन्चमा रहेका खेलाडीलाई मैदान उतारेको छ ।  यी धोनीको कप्तानको रुपमा २ सयौ एक दिवसीय खेल समेत हो ।  

भारत प्रतियोगिताको फाइनलमा पुगिसकेको छ।  अब पाकिस्तान र बंगलादेशबीच हुने खेलको बिजेताले भारतसंग उपाधिको लागि खेल्ने छ ।  अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरी सकेको छ । श्रीलंका र हंगकंग भने समुह चरण बाट नै बाहिरिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved