एशिया कपमा छनौट हुन् सफल महिला क्रिकेट टोलीलाई जनही २५ हजार दिने घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2016 | 04:59:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एशिया कपका लागि छनौट हुन् सफल महिला क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँ दिने भएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले आज बिजेता टोलीलाई मन्त्रालयमा स्वागत गर्दै  जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । 

 हङकङमा भएको महिला विश्वकप एशियाली छनौटमा नेपाल उपविजेता भन्दै एसिया कपमा स्थान पक्का गरेको थियो  । नेपालले पहिलो दुई खेल हारे पनि त्यसपछि ४ मध्येको तीन खेल जित्दै छनौट हुन् सफल भएको हो। 

थाईल्याण्डमा हुने एसिया कपमा नेपालले भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र आयोजक थाईल्याण्डसंग प्रतिस्पर्धा गर्ने छ   । प्रतियोगिता २७ नोभेम्बर देखि सुरु हुने छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved