च्याम्पियन्स लिगमा आज ८ खेल, बार्सिलोना र म्यानचेस्टर सिटीबिचको भिडन्त रोचक हुने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2016 | 06:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

यूएफा च्याम्पियन्स लिगमा आज ८ खेल हुदै छन् । आज हुने खेल मध्ये स्पेनिस महारथी बार्सिलोना र म्यानचेस्टर सिटीबिचको निकै रोमान्चक हुने अनुमान गरिएको छ  । खेल नेपाली समय अनुसार राती १२ : ३० बजे बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

यस्ता छन् आज हुने अन्य खेल हरु । 

 

यसअघि गएराती भएका खेलहरुमा लेस्टर सिटी, रियल मड्रिड, बोरुसिया डर्टमण्ड, युभेन्टस, सेभिया तथा एफसी पोर्टो बिजयी भए। लेस्टर सिटीले डेनमार्कको एफसी कोपनहेगनलाई १-० ले पराजित गरेको हो।

त्यस्तै रियल मड्रिडले पोल्याण्डको लेजिया वार्सलाई ५-१ ले पराजित गर्यो भने बोरुसिया डर्टमण्डले पोर्चुगलको स्पोर्टिङलाई २-१ ले हरायो  । अर्को खेलमा ईटालीको युभेन्टसले फ्रान्सको ओलम्पिक लियोंलाई १-० ले पख लगायो भने  स्पेनको सेभियाले क्रोएसियाको डाईनामो जाग्रेबलाई १-० ले  पराजित गर्यो । त्यस्तै पोर्चुगलको एफसी पोर्टोले बेल्जियमको क्लब ब्रुजलाई २-१ ले पराजित गर्यो । 

 टोटनह्याम हट्सपरले भने जर्मनीको बायर लिभरकुजेनसँग गोलरहित बराबरी तथा रुसको सि.एस.के.ए मस्को र फ्रान्सको मोनाकोले १-१ गोलको बराबरी खेले  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved