पीपिएल अक्सन : शक्ति गौचन २ लाख ६२ हजारमा अनुबन्ध हुँदा को कुन टिममा ? (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 05:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको लगि अक्सन मर्फत खेलाडी चयन भएका छन् ।  पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुने प्रतियोगिताको लागि आज आइतबार अक्सन भएको हो । ६ टिमको मार्की प्लेअरको रुपमा रहेका ६ जना खेलाडी बाहेक अन्य खेलाडीको लागि अक्सन भएको हो ।

अक्सनमा  ७ खेलाडी सर्वाधिक २ लाख ५० हजार रकममा अनुबन्ध भएका छन्। बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, करण केसी, विनोद भण्डारी, आरिफ शेख र रोहित कुमार पौडेल सर्वाधिक २ लाख ५० हजार रकममा अनुबन्ध भएका हुन् । शक्ति गौचन भने २ लाख ६२ हजार ५ सय रुपैयाँ अनुबन्ध भए । पहिलो चरणमा बिक्रि नभएका शक्तिलाई  चितवत राइनोजले उनको बेस प्राइज र त्यसको २५ प्रतिशत पेनाल्टी रकम थपमा अनुबन्ध गरेको हो ।

अक्सनको नियम अनुसार हरेक टोलीले न्युनतम १० खेलाडी लिनुपर्ने थियो। यसको लागि कुल १३ लाखको बजेट थियो।  तर चितवनले ९ खेलाडी लिँदा नै १२ लाख ८० हजार खर्च गर्यो । थप एउटा खेलाडी लिनै पर्ने बाध्यता आईपरेपछि टोलीले  शक्तिलाई उनको बेस प्राइजको २५ प्रतिशत पेनाल्टी तिरेर लिएको हो।

हरेक टिममा २ बिदेशी खेलाडी रहने छन् । बिदेशी खेलाडीको भने अक्सन हुने छैन । 

हेर्नुस को कुन टिममा ?

विराटनगर टाईटन्स :

दिपेश श्रेष्ठ - ९० हजार

शाहब आलम - १ लाख ५० हजार

जितेन्द्र मुखिया - ७५ हजार

राजेश पुलामी - १ लाख ५० हजार

किशोर महतो - ९० हजार

पुष्प थापा - ५० हजार

प्रदिप ऐरी - २ लाख ४० हजार

राजु रिजाल - ८५ हजार

जितेन्द्र सिंह ठकुरी – ७० हजार

सुनिल धमला - २ लाख २० हजार

रविन जोशी - ३० हजार

हिमान्सु दत्त - ५० हजार

 

बुटवल ब्लास्टर्स :

मो. संसद शेख - ६० हजार

सिदान्त लोहनी - १ लाख ६० हजार

हरि चौहान - १ लाख

ललित सिंह भण्डारी - २ लाख 

शंकर राना - ८० हजार

पुरण बिक - ३० हजार

सागर पुन - २ लाख ५० हजार

हसिम अन्सारी - ५० हजार

भिम सार्की – १ लाख ५० हजार

प्रकास केसी - ५० हजार

अविनाश बोहोरा -  १ लाख

नितेश थापा – ३० हजार

बिपिन खत्री - ३० हजार
 

चितवन राइनोज  :

अनिल कुमार साह - २ लाख ५० हजार

भुवन कार्की - १  लाख ५० हजार

राम नरेश गिरी - ८५ हजार

करण केसी - २ लाख ५० हजार

आरिफ शेख – २ लाख ५० हजार

सुमित महर्जन - ५० हजार

सोनु तामाङ – ८५ हजार

विनोद लामा – ७० हजार

हरि शंकर साह – ९० हजार

शक्ति गौचन - २ लाख ६२ हजार ५ सय  


 

एक्स्पर्ट धनगढी ब्लुज :

मन्जित श्रेष्ठ - ५० हजार

योगेन्द्र सिंह कार्की - १ लाख १० हजार

सन्तोस भट्ट - ९० हजार

रोबिन क्षेत्री - ६० हजार

सन्दीप सुनार - ९० हजार

कमल सिंह ऐरी - १ लाख ५० हजार

दिलीप नाथ - २ लाख ४० हजार

सागर ढकाल - १ लाख ३० हजार

सन्दीप जोरा – ९० हजार

फिर्दोष अन्सारी – ३० हजार

सौरभ खनाल – १ लाख

विक्रम ठगुन्ना - ३० हजार

सन्दीप रजाली - ३० हजार

 

काठमाडौं रोयल्स :

पवन सर्राफ - १ लाख ५० हजार

सुशन भारी - १ लाख ५० हजार

पृथु बास्कोटा - १ लाख २० हजार

अमर सिंह राउटेला  - १ लाख

आदिल खान - ५० हजार

नरेश बुढाएर - २ लाख ३० हजार

नन्दन यादव - ५० हजार

बसन्त रेग्मी २ लाख ५० हजार

अमित श्रेष्ठ – १ लाख ५० हजार

सुमित झा - ३० हजार 



पोखरा  पल्टन :

रोहित कुमार पौडेल - २ लाख ५० हजार

बिनोद भण्डारी - २ लाख ५० हजार

ललित नारायण राजवंशी - १ लाख

रशिद खान - ७० हजार

कृष्ण कार्की – १ लाख

कुशल भुर्तेल - १ लाख ५० हजार

बिक्रम भुसाल – ५० हजार

मेहबुब आलम – १ लाख ६० हजार

आशिफ शेख – ८० हजार  

दिभ्यान्सु मलिक - ३० हजार

इशान पाण्डे -  ५० हजार

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved