बुल्गेरियन क्लबको पोष्टमा गोलको वर्षा, ह्याट्रिक ब्वाइ ओजिल नायक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 20, 2016 | 08:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन लिग अन्तर्गतको खेलमा आर्सनले शानदार जित दर्ता गरेको छ। बुधबार राती भएको खेलमा इग्लिंस क्लब आर्सनले बुल्गेरियाको क्लब लुडोगोरेट्स राजग्राडलाई ६-० ले पराजित गरेको छ। 

आर्सनको जितमा मेसुट ओजिल नायक बने। ओजिलले ह्याट्रिक गर्दै टिमलाई शानदार जित दिलाएका छन। आर्सनलको जितमा सांचेजले १२ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै ४२ औ मिनेटमा वालकोटले गोल गर्दै पहिलो हाफमा आर्सनल २-० ले अग्रता लियो। 

दोस्रो हाफमा गोलको वर्षा गर्दै आर्सनलले थप ४ गोल गर्यो। ४६ औ मिनेटमा चेम्बरलेनले गोल गरे भने ५६, ८३ र ८७ औ मिनेटमा गोल गर्दै ओजीलले ह्याट्रिक गरे। 

आधा दर्जन गोल गरेको आर्सनल जितपछि ७ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहन सफल भएको छ। राति नै भएको खेलमा बासेललाई ३–० ले हराएको पेरिस सेन्ट जर्मेन पिएसजीको समान सात अंक नै भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved