म्यानचेस्टर सिटीबिरुद्द बार्सिलोनाको शानदार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 20, 2016 | 09:44:41 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटिमाथि ४-० को फराकिलो अन्तरको जित दर्ता गरेको छ। 

बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे भने नेईमारले १ गोल गरे । खेलको १७ औ मिनेटमा पहिलो गोल गर्दै मेस्सीले टिमलाई १ गोलको अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थप गर्यो। 

दोस्रो हाफको सुरुमै मान्चेस्टर सिटिका गोल किपर क्लाउडियो ब्राभो रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु सिटीका लागि घातक बन्यो। त्यसपछि सिटीले तीन गोल खायो । ६१ र ६९ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे । ७३ औं मिनेटमा जेरोमी म्याथ्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना पनि १० खेलाडीमा सीमित भयो । 

ब्राभो बाहिरिएपछि गोलरक्षकको जिम्मेवारी सम्हालेका विल्ली काबाल्लेरोले नेइमारको पेनाल्टी प्रहार जोगाएका थिए । तर त्यसको एक मिनेटपछि खेलको ८९ औं मिनेटमा नेइमारले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।

जितपछि समूह सीमा रहेको बार्सिलोना तीन खेलबाट ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीको चार अंक छ । समूह सीकै अर्को खेलमा बोरुसिया मोन्चेङब्लाचले सेल्टिकलाई २–० ले हरायो । 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved