बंगबन्धु गोल्डकपमा नेपाल र प्यालेस्टाइन भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 06, 2018 | 01:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलमा आज नेपालले प्यालेस्टाइनको सामना गर्दैछ । यो समूह चरणको अन्तिम खेल पनि हो । साविक विजेता नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयानुसार साँझ ६ बजेर १५ मिनेटमा सिलेट रंगशालामा हुनेछ । 

नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० गोलअन्तरले पराजित भएपछि आजको खेलमा दोब्बर चुनौती थपिएको छ । समूहको अर्को खेलमा बिहीबार ताजकिस्तानलाई प्यालेस्टाइनले २–० गोलअन्तरले पराजित गरेपछि नेपालको सम्भावना झन कठिन बनेको हो । त्यसैले आजको खेलमा नेपालले फराकिलो अन्तरले जित्नैपर्ने दबाब छ । 

समूह ए को अंकतालिकामा एक खेल खेलेको प्यालेस्टाइन तीन अंकका साथ शीर्ष स्थान रहँदा दुई खेल खेलिसकेको ताजकिस्तान ३ अंककै साथ गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । एक खेलमात्रै खेलेको नेपाल भने (–२) गोल अन्तरसहित पुछारमा छ । 

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्यालेस्टाइन र नेपाल समूहको अन्तिम खेल खेलिरहेका हुन् । प्यालेस्टाइनले जिते सेमिफाइनलमा प्रवेश गर्नेछ । तर नेपालले कम्तीमा दुई वा सो भन्दा बढी गोलअन्तरले प्यालेस्टाइनलाई पराजित गर्न सकेमा मात्रै दोस्रो चरणको सम्भावना रहन्छ । बराबरी वा हार भएको खण्डमा प्यालेस्टाइन समूह विजेता र ताजिकिस्तान समूह उपविजेता बन्नेछन् । अर्को समूहबाट फिलिपिन्स समूह विजेता र बंगलादेश उपविजेता बनिसकेका छन् । 

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली जितको लागि प्यालेस्टाइविरुद्ध मैदानमा उत्रने प्रतिक्रिया दिएकान छन् । ताकिस्तानविरुद्धको खेलमा मुख्य तीन खेलाडीहरु घाइते भएकाले पनि नेपाललाई निकै प्रेसर पर्नेछ । 

मिडफिल्डर नीराजन खड्का काँधको चोटका कारण घाइते छन् । तर उनले ताजकिस्तानविरुद्धको खेलमा अन्तिम मिनेटसम्म पनि मैदान छोडेनन् । डिफेन्डरत्रय विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरीले ताजकिस्तानविरुद्धको खेलमा चोटका मैदान छाडेका थिए ।

दुई डिफेन्डरमा चोटका कारण समस्या आएपनि शशक्त खेलाडीहरु भएकाले चिन्ता नभएको र सक्दो राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रशिक्षक महर्जनको दाबी छ । 

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन् । 

त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved