बिनोद दास र बसन्त रेग्मीको रेकर्ड तोड्दै सन्दिपले रचे राष्ट्रिय किर्तिमान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 07:34:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एशिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् । 

सन्दीपले आज सिङ्गापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । सन्दीप प्रतियोगिताको सुरुवाती पाँच खेलमा २० विकेट लिएर कीर्तिमान नजिक पुगेका थिए । 

यसअघि सिनियरस्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान वसन्त रेग्मी र विनोद दासको संयुक्तनाममा थियो । वसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए । विनोदले सन् २००५ को एसिसी ‘फास्ट ट्रयाक कन्ट्रिज’ प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए । 

प्रतियोगितामा सन्दीपले सिङ्गापुरविरुद्ध चार, चीनविरुद्ध तीन, भुटानविरूद्ध तीन, थाइल्यान्डविरुद्ध पाँच, मलेसियाविरुद्ध पाँच र म्यानमारविरुद्ध चार विकेट लिएका थिए । 

नेपाल प्रतियोगिताको उपाधि बिजेता समेत बनेको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved