एपिएलमा सन्दिपको उत्कृष्ट डेब्यु, ३ बल मै लिए २ विकेट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 10:53:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेटर सन्दिप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् । नगरहर लिओपार्डमा अनुबन्धित सन्दीपले आफ्नो पहिलो खेलमा पक्तिया प्यान्थर्सविरुद्ध केवल २३ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका हुन् ।

आफ्नो पहिलो ओभरमा १८ रन खर्चेका सन्दिपले बाँकि ३ ओभरमा केवल ५ रन दिदै २ विकेट लिएका हुन् । दोस्रो  ओभरमा सन्दिपले १ रन मात्रै दिए । आफ्नो तेस्रो तथा अन्तिम ओभरमा सन्दिपले २ रन खर्चेर २ विकेट लिएका हुन्।

सन्दिपले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका क्यामरुन डेल्पोर्टलाई ६ रनमा आउट गराए भने अन्तिम बलमा जिम्बाब्वेका सिकन्दर राजालाई शून्य रनमै आउट गरिदिए ।

सन्दीपको उत्कृष्ट प्रदर्शन पनि उनको टिम पराजित भएको छ । सन्दीपको टिम नगरहरले पक्तिया प्यान्थर्सलाई सामान्य १२७ रनको लक्ष्य दिएको थियो  । उक्त लक्ष्य प्यान्थर्सले १४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । ति ३ मध्ये २ विकेट सन्दिपले लिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved