स्पेनबिरुद्ध इंग्ल्याण्डको ऐतिहासिक जित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2018 | 01:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्याण्डले ३१ बर्षपछि स्पेनलाई पराजित गरेको छ। यूइएफए नेशन्स लिग अन्तर्गतको खेलमा इंग्ल्याण्डले तीन दुईको गोलअन्तरले खेल जितेको हो। स्पेनलाई ३१ बर्षसम्म जित्न नसकेको इंग्ल्याण्डले खेलको पहिलो हाफको ३८ मिनेटभित्र तीन गोलको अग्रता बनायो। इंग्ल्याण्डको जितमा रहिम स्ट्रलिङले दुई गोल गरे। 

खेलको १६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा रासफोडले टिमको अग्रता दुई शुन्यमा पुर्याए । सुरुवातदेखि नै आक्रामक खेलेको इंग्ल्याण्डले ३८ औं मिनेटमा अर्को गोल थप्यो ।

उसका लागि स्ट्रलिङले ब्यक्तिगत दोस्रो गोल गर्दा टाेलीको अग्रता तीन शुन्यमा पुर्याए । पहिलो हाफमा नै तीन गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्यो। जसमा उसले दुई गोल फर्काउन सफल रह्यो।  

५८ औं मिनेटमा एल्काचेरले गोल गरे भने इन्जुरी समयको सातौं मिनेटमा सर्जियो रामोसले दोस्रो गोल गरे । तर त्यतिले पनि स्पेनलाई हारबाट बचाउन सकेन ।राष्ट्रिय टिमका लागि २७ खेलसम्म गोल गर्न नसकेका उनले सो क्रमलाई भंग गरेका छन । अन्तिम पटक इंग्ल्याण्डले १९८७ मा स्पेनलाई चार दुई गोलले हराएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved