नेपाल ट्वान्टी-२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा अघिल्लो चरण प्रवेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2018 | 04:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसिसी ट्वान्टी—२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले सिंगापुरसंग अंक बाडेको छ। आफ्नो अन्तिम खेल वर्षाले प्रभावित बनेपछि नेपालले अंक बाड्न बाध्य भएको हो। 

समान ११ अंक भएपनि रनरेटका आधारमा सिंगापुरलाई पछि पार्दै बिजेताको हैसियतमा नेपाल अघिल्लो चरण प्रवेश गरेको छ। नेपाल र सिंगापुरसंगसंगै पूर्वी क्षेत्रबाट छनोट हुने अर्को टोलीमा मलेसिया रहेको छ। चीनलाई १० विकेटले पराजित गरेको मलेसियाले थाइल्यान्डलाई रनरेटमा पछि पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो ।  

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरले १७.३ ओभरमा सबै विकेट गुमाएर ८१ रन जोड्यो। ८२ रनको लक्ष्य पछाउँदै नेपालले दोस्रो बलमै ओपनर अनिलकुमार शाहलाई गुमाएको थियो। लगत्तै वर्षाका कारण खेल अवरुद्ध बनेपछि नेपाल अंक बाँड्न बाध्य बन्यो। नेपालको रनरेट ७.७८२ छ भने सिंगापुरको रनरेट ४.७७२ छ।   

नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि सिंगापुर र मलेसियासँगै कतार, कुवेत र युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन।

प्रतियोगितामा धेरै विकेट लिने

सन्दीप लामिछाने (नेपाल) २४

ललितनारायण राजवंशी (नेपाल) ११

मनप्रित सिंह (सिंगापुर) ११


प्रतियोगितामा धेरै रन बनाउने

सुरेन्द्रन चन्द्रमोहन (सिंगापुर) १४८

शफिक शरिफ (मलेसिया) १२९

चमिन्दा रावन (सिंगापुर) १७७


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved