रोनाल्डो बने युरोपको शीर्ष ५ लिगमा ४ सय गोल गर्ने पहिलो खेलाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 12:00:09 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिष्टियानो रोनाल्डो युरोपका उत्कृष्ट पाँच लिग फुटबलमा ४ सय गोल पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन। इटालियन सिरीए अन्तर्गत शनिबार रातिको खेलमा युभेन्टसका लागि गोल गर्दै रोनाल्डोले यो कीर्तिमान बनाएका हुन्। 

रियल मड्रिडबाट यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले १० खेलमा पाँचौ गोल गरेका हुन् । रोनाल्डोले युभेन्टसबाट सिरी ए मा ५, म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा ८४ तथा रियल मड्रिडबाट ला लिगामा ३११ गरी लिग खेलमा ४०० गोल गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved