विश्वकप क्रिकेटमा छनौट हुन नयाँ रोडम्याप, नेपालको सम्भावना यस्तो छ

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 22, 2018 | 12:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एक दिवसीय विश्वकपको नयाँ रोडम्याप जारी गरेको छ  । सन् २०२३ मा भारतमा हुने विश्वकपका लागि सिंगापुरमा बसेको आईसीसी बोर्ड बैठकले नयाँ फम्र्याट तयार पारेको हो । छनौटमा आईसीसी सुपर लिग, आईसिसी लिग–२ र च्यालेन्ज कप गरी ३ वटा लिगहरु हुनेछन् । 

आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम सहभागी हुनेछन् । आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकपमा स्थान बनाउने छन् । सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । यो सुपर लिग २०२० देखि २०२२ सम्म हुनेछ ।

त्यस्तै आईसीसी लिग–२ मा ७ राष्ट्रले खेल्ने छन् । यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ बाट छनोट भएर आएका ४ टोलीले खेल्नेछन् । यो २०१९ देखि २०२१ सम्म हुनेछ ।

आईसीसी लिग–२ को शीर्ष ३ टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी ४ टोली भने विश्वकप छनोट प्ले अफमा झर्ने छन् ।

प्ले अफमा ६ टोली रहने छन् । प्ले अफमा पुगेका दुई राष्ट्र भने च्यालेन्ज कपबाट आउने छन् । च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरियताका १२ टोलीले खेल्नेछन् । १२ टोलीलाई २ समूहमा विभाजन गरिनेछन् । दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउने छन् । विश्वकप छनोटको प्लेअफ २०२२ मा हुनेछ । विश्वकप छनोटको प्लेअफको शीर्ष २ टिमले पनि विश्वकप छनोटमा स्थान बनाउने छन् ।

विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसीसी लिग–२ का ३ र विश्वकप छनोट प्ले अफका २ राष्ट्र गरी १० टिम रहने छन् । विश्वकप छनोट सन् २०२२ मा हुने छ ।

विश्वकपमा पुग्न नेपालले दुई चरण पार गर्नुपर्ने छ । आईसीसीले तयार पारेको विश्वकपको नयाँ रोड म्यापअनुसार नेपाल अहिले आईसीसी लिग–२ मा रहेको छ । 

यो समूहमा नेपालसँगै बलियो राष्ट्र स्टकल्यान्ड र युएई रहेका छन् । त्यस्तै आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ बाट छनोट भएर आएका ४ राष्ट्र रहने छन् । 

यो लिगमा नेपाल टप तीनभित्र पर्न सके सिधै विश्वकप छनोट खेल्न पाउनेछ । तर शीर्ष ३ भित्र पर्न नसकेमा नेपालले विश्वकप छनोटमा प्रवेश गर्न विश्वकप छनोट प्लेअफ खेल्ने मौका पाउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved