सन्दीपलाई फेरी अर्को सफलता: मेलबर्न स्टार्सबाट अष्ट्रेलियाको टी–२० लिग खेल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2018 | 09:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अर्को सफलता हात लागेको छ। विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग ब्याश लिग(बीबीएल)का लागि मेलबर्न स्टार्समा आवद्ध भएका छन्।  

डिसेम्बर १० मा टिममा सहभागी भएका लामिछाने जनवरी ५,२०१९ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन्। बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने क्रिकइन्फोले जनाएको छ ।

गत जनवरीमा दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका लामिछानेले प्रतियोगितामा उत्कृष्ट खेल प्रदशन गरेपछि उनलाई एक पछि अर्को गर्दै सफलता हात लागेको छ। आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछाने अफगानिस्तान प्रिमियर लिगमा समेत सहभागी भएका थिए।  

लामिछाने युएईमा हुने अन्तराष्ट्रिय लिगको लागि समेत छनौट भएका छन। क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० लिग क्यानडा, बंगलादेश प्रिमियर लिग हुँदै उनी बीबीएलसम्म आइपुगेका छन् । सन्दीपसँग अष्ट्रेलियामा ग्रेड क्रिकेट खेलेको अनुभव भने रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved