विश्वकप ट्रफी पहिलो पटक नेपाल आउदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2018 | 10:49:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एक दिवशीय बिश्वकपमा छनौट हुन असफल रहेपनि नेपालीहरुले विश्वकपको ट्रफी भने प्रत्यक्ष हेर्न पाउने भएका छन् । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी यसै साता नेपाल ल्याइने भएको छ। सोहि क्रममा क्रिकेट प्रेमीहरुले ट्रफीको प्रत्यक्ष अवलोकन गर्न पाउने भएका हुन् । 

 अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नेपालस्थित प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफी यसै साता आउने भएपनि मितिको टुंगो लागेको छैन । 

आईसीसीले गत अगस्ट २७ बाट ९ महिने ट्रफी टुर सुरु गरेको थियो। जस अन्तर्गत सुरुका ६ महिना ट्रफीलाई विभिन्न राष्ट्रमा पुर्‍याइने छ भने बाँकी तीन महिना इङ्ल्यान्डकै सहरहरूको परिक्रमा गराइने छ।  ट्रफीलाई हालसम्म ओमन, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश गरी ६ राष्ट्रको भ्रमण गराइसकिएको छ। विश्वकप ट्रफी बंगलादेश हुँदै सातौं राष्ट्रका रूपमा नेपाल प्रवेश गर्न लागेको हो।

ट्रफीलाई काठमाडौं र पोखरामा राखिने छ।  काठमाडौंमा ट्रफीलाई वसन्तपुर दरबार स्क्वायर र नारायणहिटी दरबार आगाडि राख्ने तयारी छ।  आईसीसीले सम्भव भएसम्म ट्रफीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुर्‍याउने योजना बनाएको छ। 

आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो।  फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ। सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved