नेपाली खेल इतिहासमै नयाँ थालनी, पिपिएलमा समर्थकका लागि फ्यान्टासी लिग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 08:50:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेटको इतिहास मै पहिलो पटक आधिकारिक रुपमा अनलाइन क्रिकेट फ्यान्टासी लिग संचालन हुने भएको छ क्विन्स इभेन्ट्स प्रा.लि. को आयोजनामा शुक्रबारदेखि आयोजना हुन्पो लागेको पोखरा प्रिमियर लिगको फ्यान्टासी लिग पनि संचालन हुने भएको हो

विगत केही वर्षदेखि नेपाली तथा अन्तर्राष्ट्रिय क्रिकेटका गतिविधि समेटेर अनलाइन पोर्टल चलाउँदै आएको लेट्जक्रिकेट (LetzCricket) सँगको सहकार्यमा यो फ्यान्टासी लिग सञ्चालनमा आएको हो ।

जो कोहि समर्थकले आफ्नो छुट्टै टिम बनाई लिग खेल्न सक्ने छन्। आफ्नो टिममा भएका खेलाडीले मैदानमा गर्ने प्रदर्शनको आधारमा समर्थकहरुले अंक प्राप्त गर्ने छन् ।  टिम बनाउने, खेलाडी चयन गर्ने, अंक प्राप्त गर्ने छुट्टै नियमहरु छन्।  https://fantasy.ppl-t20.com/ मा गई फेसबुक मार्फत साइन ईन गरेर समर्थकले लिग खेल्न सक्ने छन् ।  बिजेतालाई सहभागी टोलीका मार्की प्लेयर्सद्वारा साइन गरिएको क्रिकेट ब्याट र अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो पनि : 

पीपिएल अक्सन : शक्ति गौचन २ लाख ६२ हजारमा अनुबन्ध हुँदा को कुन टिममा ? (सुचीसहित)


पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved