पिपिएलको विजेतालाई २७ लाख

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 06:33:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीलाई रु २७ लाख दिने निर्णय भएको क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । 

त्यस्तै प्रतियोगिताका उपविजेता टोलीले रु १० लाख पाउनेछन् भने ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ‘ब्याट्सम्यान’ र उत्कृष्ट ‘बलर’ले सुजुकी जिक्सर १५५ सिसीको एक÷एक थान मोटरसाइकल पाउनेछन् । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीले रु १० हजार र प्रायोजकहरुबाट पाँच हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै पिपिएलको प्रत्येक खेलको विजेता टोलीले रु १५ हजार पाँच सय प्राप्त गर्नेछ । 

प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौँ रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

यो पनि :

नेपाली खेल इतिहासमै नयाँ थालनी, पिपिएलमा समर्थकका लागि फ्यान्टासी लिग

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved