पोखरा प्रिमियर लिग: उद्घाटन खेलमा सन्दिप र शरदको टिम भिड्दै (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 11:56:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट शुरू भएकाे छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा  लिग सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेल  सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे  विराटनगर टाइटन्स र शरद् भेषावकरकाे कप्तानीमा रहेकाे पोखरा पल्टनबीच भईरहेको छ । 

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु १० लाख प्राप्त गर्नेछ । 

हेर्नुस लाइभ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved