स्वयम्भुमा विश्वकप ट्रफी, पोखरा र चन्द्रागिरी लगिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 08:18:28 PM मा प्रकाशित

laxmi  sunrise bank

इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँईएको छ ।  आइसिसीको एक प्रतिनिधिमण्डलले विश्वकप ट्रफी आज युएइबाट नेपाल ल्याएको हो । 

आज पहिलो दिन ट्रफीलाई स्वयम्भुमा प्रदर्शनमा राखिएको थियो  । शनिबार बिहान ट्रफीलाई पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।  पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पु¥याउने तालिका छ ।समयले भ्याएसम्म रुपा ताल र बेगनास तासम्म ट्रफी पु¥याइने कार्यक्रम छ ।आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवद्र्धन गर्नु भएको बताएकी छिन् । 

 कात्तिक ११ गते ट्रफीलाई काठमाडौँको ऐतिहासिक स्थान चन्द्रागिरि लगिनेछ । चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने घिमिरेले बताईन । 

सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा राखिनेछ । क्रिकेट समर्थक र सर्वसाधारणलाई समेत ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो ।  विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागिएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याईएको हो । 

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved