२७२ औ एल क्लासिको आज, ८ औ स्थानमा रहेको रियललाई जित्नै पर्ने दबाब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 05:11:45 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनका २ फुटबल प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल सर्बाधिक हेरिने प्रतियोगिता मध्ये पर्छ । एल क्लासिको भनेर समेत चिनिने यस प्रतियोगिताको २७२ औ संस्करण आज राति हुदै छ  । अर्थात् आज राति रियल म्याड्रिड र बार्सिलोना आमने सामने हुदै छन् । ला लिग अन्तर्गत हुन् लागेको यो प्रतियोगिता बार्सिलोनाको घरेलु मैदानमा नाउ क्याम्पमा नेपाली समय अनुसार राति ९ बजे सुरु हुने छ 

रोचक के छ भने २००७ डिसेम्बरपछि पहिलो पटक क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीबिना ‘एल क्लासिको’ हुदै छ ।  रोनाल्डो क्लब छोडेर युभेन्टससँग आवद्द भएका छन् भने हात भाँचिएकाले मेस्सी मैदान बाहिर हुने छन् । 

खराब अवस्थाबाट गुज्रिरहेको रियल हाल अंक तालिकाको ८ औ स्थानमा छ।  बार्सिलोना भने दोस्रो स्थानमा छ ।  तर यी दुईबीच भने केवल ४ अंकको अन्तर छ । सोहि कारण दुवै टोली आज महत्वपूर्ण जितको खोजीमा हुने छन् ।टोलीले कमजोर प्रदर्शन गरेपाचो रियलका प्रशिक्षक लोप्तेगुइको जागिर धरापमा रहेको समाचार बाहिर आइरहेका छन् । क्लबलाई मात्र नभई प्रशिक्षक लोप्तेगुइलाई पनि आजको खेल महत्वपूर्ण छ । 

हालसम्म भएका २७१ एल क्लासिको मध्ये रियलले ९९ र बार्सिलोनाले ११२ खेल खेल जितेका छन् । ६० खेल भने बराबरी भएका थिए । ला लिगामा भने रियलले बार्सिलोना भन्दा २ खेल बढी जितेको छ ।  

यी दुई टोली अन्तिम पटक गत मे महिनामा आमने सामने भएका थिए  ।  जुन खेल २-२ को बराबरीमा टुंगिएको थियो  ।  त्यस खेलमा रियलको तर्फबाट रोनाल्डो र ग्यारेथ बेल तथा बार्सिलोनाको तर्फबाट मेस्सी र स्वारेजले गोल गरेका थिए  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved