बार्सिलोनासँगको लज्जास्पद हारपछि लोपेटेगुई बर्खास्त, को बने नयाँ प्रशिक्षक ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 30, 2018 | 08:54:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एल क्लासिकोमा बार्सिलोनासंग लज्जास्पद हार बेहोरेपछि  स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षक जुलेन लोपेटेगुई बर्खास्त भएका छन् । बार्सिलोनाको घरेलु मैदानमा आइतबार भएको खेलमा रियल ५-१ गोल अन्तरले पराजित भएको थियो  । रियलले पछिल्ला ६ मध्ये ५ खेलमा हार बेहोरेपछि प्रशिक्षक जुलेन बर्खास्तीमा परेका हुन ।

उनले  लगातार तीन वर्ष च्याम्पियन्स लिगको उपाधि जिताएर विदा भएका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानको स्थान लिएका थिए  ।  तर उनी साढे ४ महिनामै बर्खास्त हुनु परेको हो । 

 उनको स्थान तत्कालका लागि रियलकै पूर्वखेलाडी सान्टियागो सोलारीले लिएका छन् । जुलेनलाई बर्खास्त गरेपछि रियलले बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज, चेल्सीका पूर्वप्रशिक्षक एन्टेनियो कोन्टे र टोटनह्यामका प्रशिक्षक पोचेटिनोलाई प्रशिक्षका रुपमा भित्र्याउने प्रयास गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved