सन्दिपको विराटनगरले पहिलो जित दर्ता गर्दा बुटवलको पहिलो हार

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2018 | 04:59:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा सन्दिप लामिछानेको कप्तानी रहेको विराटनगरले पहिलो जित दर्ता गरेको छ । विराटनगरले बुटवल ब्लास्टर्सबिरुद्ध १२ रनको जित हासिल गरेको हो । 

विराटनगर टाइटन्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २ण् ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । जारी पीपीएलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको बुटवलको यो पहिलो हार हो । 

आजै भएको पहिलो खेलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले पनि पहिलो जित दर्ता गरेको छ । 

प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी गरी ६ टिम सहभागी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved