पीपीएल क्रिकेटको उपाधि पोखरा पल्टनलाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 06, 2018 | 02:47:43 PM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु प्रतियोगितामा सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि पोखरा पल्टनले जितेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई शरद भेषावकरको कप्तानीमा रहेको पोखराले तीन विकेटले पराजित गरेको हो । 

पोखराका लागि रविइन्द्रर सिंहले ५८ बलमा सर्वाधिक ९० रन बनाए ।  मोहम्मद नाभिद २५, कप्तान शरद २२, आशिफ सेखले १२ रन बनाए । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहित पौडेल शून्य रनमै आउट भए । 

पछिल्ला दुई वर्षमा घरेलु फ्रेन्चाइज क्रिकेट लिगका तीनमध्ये दुई फाइनल खेलमा खड्का र शरद भिडेका थिए । दुवै भेटमा पारसले जितेका थिए । सन् २०१७ को अप्रिलमा भएको धनगढी प्रिमियर लिगको फाइनलमा पारसको कप्तानी रहेको धनगढी टिम चौराहाले शरदको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको थियो । त्यसैको डिसेम्बरमा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पनि उनै पारसको नेतृत्वमा रहेको विराटनगर किङ्सले फेरि शरदकै नेतृत्वको भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै उपाधि चुमेको थियो । तर यस पटक भने शरदको टिमले उपाधि उचालेको छ । 

खेल जितेसँगै पोखराले २७ लाख रुपैयाँ पुरस्कार पाउँने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved