सन्दिप र सोमपाल पाकिस्तान सुपर लिगको ड्राफ्टमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 12, 2018 | 10:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका दुई क्रिकेटर पाकिस्तान सुपर लिग पीसीएल क्रिकेटको ड्राफ्टमा परेका छन् । लेगस्पिनर सन्दिप लामिछाने र अलराउण्डर सोमपाल कामी पीसीएलको ड्राफ्टमा परेका हुन् । अन्तिम ड्राफ्ट भने नोभेम्बर २० मा हुनेछ । 

ईस्लामाबादमा सार्बजनिक गरिएको सूचीमा सन्दिप गोल्ड र सोमपाल सिल्भर क्याटागोरीमा परेका हुन् । गोल्ड क्याटागोरीमा पर्ने खेलाडीको न्युनतम पारिश्रमिक ५० हजार अमेरिकी डलर हुनेछ । सिल्भरमा रहने खेलाडीले भने २२ हजार अमेरिकी डलर पाउनेछन् ।  

६ टोलीले प्रतिस्पर्धा गर्ने चौथो संस्करणको पाकिस्तान सुपर लिग आगामी फेब्रुवरी १७ देखि मार्च १७ सम्म हुनेछ । हरेक टोलीले ३ प्लाटिनम, ३ डायमण्ड, ३ गोल्ड, ५ सिल्भर, २ ईमर्जिङ र मार्की गरी टोलीमा २० जनासम्म खेलाडी राख्न पाउनेछन् । एक टोलीले अधिकतम १२ लाख अमेरिकी डलर खर्च गर्न पाउने प्राबधान छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved