मेसीले जिते ला लिगा वर्ष खेलाडी सहित एकसाथ २ अवार्ड

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 13, 2018 | 12:11:49 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेसीले सिजन २०१७/१८ को सर्वाधिक गोलकर्ता र वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । मेसीलाई ला लिगाको पिचिची अवार्ड र वर्ष खेलाडीको अवार्ड एकसाथ प्रदान गरिएको हो ।

पिचिची अवार्ड ला लिगको सिजनभरीमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइन्छ । वर्ष खेलाडीको अवार्ड भने वर्षभरिको प्रदर्शनका आधारमा दिइन्छ । 

यस वर्ष मेस्सीले पिचिची र वर्ष खेलाडीको गरी दुवै अवार्ड जितेका हुन् । गत वर्ष बार्सिलोनालाई ला लिगाको उपाधि जिताउनेक्रममा मेस्सीले महत्त्वपूर्ण भूमिका खेल्दै सिजनभरमा ३४ गोल गरेका थिए । अघिल्लो सिजन उनले ३७ गोल गरेका थिए । गएको जिन मेस्सीले ला लिगामा कूल ३६ खेल खेल्दै ३४ गोल गरेका थिए । 

हालसम्म मेस्सीले पिचिची अवार्ड कूल ५ पटक जितेका छन् । रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ३ पटक जितेका छन् । मेस्सीले पछिल्ला ३ सिजन यो अवार्ड लगातार जितेका छन् । २०१५/१६ मा यो अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले जितेका थिए । 

यो सिजन मेस्सीले ला लिगामा १० खेलबाट कूल ९ गोल गरिसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved