एभरेष्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता, बिदेशी खेलाडी आउने बाटो खुल्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 05:06:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हुन् लागेको एभरेष्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता (ईपिएल)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ ।  २० हजार अमेरिकी डलर र आवश्यक कागजात पठाएपछि आइसीसीले इपीएललाई मान्यता दिएको हो । नेपालको क्रिकेट बोर्ड क्यान निलम्बनमा रहेकोले प्रतियोगिता गर्न आइसीसीको अनुमति लिनु परेको हो । 

आयोजकले २० हजार अमेरिकी डलरले हुन् आउने २७ लाख ५० हजार आईसीसीलाई पठाएको जनाएको छ। उक्त रकम आइसीसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने आईसीसीको पत्रमा उल्लेख गरिएको आयोजकले जनाएको छ ।  आइसीसीको समर्थनपछि इपीएलले अझै नयाँ उचाई प्राप्त गर्ने इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले बिश्वास लिएका छन्।

आइसीसीले इपीएललाई मान्यता दिएको विषयमा जानकारीसहितको पत्र आफ्नो मातहतमा रहेको सदस्य राष्ट्रहरुलाई समेत पठाएको इपीएल आयोजकले जनाएको छ। यस संगै अन्य देशका खेलाडीलाई ईपिएल खेल्ने बाटो खुलेको छ।  

यस पटक ईपिएलमा जिम्बावेको सिकन्दर राजा, आयरल्याण्डका केभिन ओ'ब्रयान, युएईका रोहन मुस्ताफा र मोहम्मद नाभिद, हङकङका बाबर हायत, स्कटल्याण्डका केल कोत्जर, इंग्ल्याण्ड यू-१९ का जोन सिम्सन जस्ता खेलाडीहरु देखिने भएको छ । 

मङ्सिर २२ देखि पुष ७ गतेसम्म टियु क्रिकेट मैदनामा चल्ने प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किग्स-११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved