६ रनमा क्याच आउट हुनबाट जोगिएका कोहली र चौथो नम्बरमा आएका धोनीले बनाए किर्तिमान नै किर्तिमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 12:14:07 PM मा प्रकाशित

laxmi  sunrise bank

न्युजल्याण्ड बिरुद्दको तेस्रो एक दिबशीय किकेट प्रतियोगितामा भारतले ७ विकेटको शानदार जित हात पारेको छ । टस हारेर पहिले ब्याटिंग गरेको न्युजल्याण्डले ४९.४ ओभरमा सबै विकेट गुमाउदै २ सय ८५ रन जोड्यो । न्युजल्याण्डका लागि टम लाथमले सर्बाधिक ६१ तथा  जेम्स नीशामले ५७ रन जोडे ।

भारतका लागि केदार जधव र उमेश यादवले समान ३-३ विकेट लिए । 

२ सय ८६ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले तेस्रो ओभर मै पहिलो विकेट गुमायो । त्यस्तै ९ औ ओभरमा दोस्रो विकेट गुमाएपछि भारतका दुवै ओपनर पेभिलियन फर्किए । त्यस पछि कप्तान महेन्द्र सिंह धोनी र विराट कोहिलीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । धोनी आफैलाई प्रमोट गर्दै चौथो नम्बरमा ब्याटिंग गर्न आएका थिए ।  

त्यस क्रममा कोहलीले नट आउट १ सय ५५ रन बनाए भने  धोनीले ८० रन जोडे । कोहली ६ रन हुँदा क्याच आउट हुनबाट जोगिएका थिए ।  धोनी आउट भएपछि मैदान उत्रेका मनिष पाण्डेले नट आउट २८ रन जोडे । 

एक दिबशीयमा कोहलीको यो २६ औ शतक हो । दोस्रो इनिंगमा यो उनको १६ औ शतक हो   ।  बाँकि शतक भने पहिलो इनिंगमा बनेका थिए । सचिन तेन्दुलकरले दोस्रो इनिंगमा १७ शतक बनाएका थिए । कोहली अब सचिनको रेकर्ड नजिक पुगेका छन् । मोहालीको पिचमा कोहलीले बनाएको १ सय ५४ रन हाल सम्म कै सर्बाधिक व्यक्तिगत स्कोर हो ।  उनले धोनीको रेकर्ड तोडेका हुन् । धोनीले सन् २०१३ मा यहि पिचमा १ सय ३९ रन बनाएका थिए ।   

आइतबारको खेलमा धोनीले एक दिबशीयमा ९ हजार रन पुरा गरेका छन् भने कोहलीले ३ हजार रन पुरा गरेका छन् । धोनीले खेलमा ३ छक्का पनि प्रहार गरे र भारतको लागि सबै भन्दा धेरै छक्का हान्ने रेकर्ड बनाएका सचिनलाई पछि पारे । धोनीको २ सय ८१ खेलमा १ सय ९६ छक्का भएको छ भने सचिनको नाममा  ४ सय ६३ खेलमा १ सय ९५ छक्का  छ । यो सुचीमा सबै भन्दा शिर्ष स्थानमा शहिद अफ्रिदी छन्, उनले ३ सय ९८ खेलमा ३ सय ५१ छक्का हानेका  थिए । त्यस्तै दोस्रो स्थानमा जयसूर्या (२७०) र तेस्रो स्थानमा क्रिस गेल ( २३८) छक्का छ । 

धोनी भारतको लागि वनडे क्रिकेटमा ९ हजार बनाउने   एकमात्र विकेटकीपर समेत बनेका छन् ।  उनी ९ हजार रन बनाउने बिश्व कै १७ खेलाडी बनेका छन् । धोनी ५० भन्दा माथिको औसतमा ९ हजार रन बनाउने एक्ला खेलाडी  हुन् । त्यस्तै कोहली भारतीय मैदानमा ३ हजार रन बनाउने ७ औ भारतीय ब्याट्सम्यान बनेका छन ।   

कोहलीले श्रीलंकाका पूर्व कप्तान कुमार संगकाराको शतक बनाउने कीर्तिमानसमेत भंग गरेका छन्। संगकाराले २५ शतक बनाएका थिए ।  

जित संगै भारतले ५ खेलको शृंखलामा २-१ ले अग्रता लिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved